Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

प्रिमियर लिग : लिभरपुलको शानदार जित

[Ads]

Advertisement

प्रिमियर लिग फुटबलमा लिभरपुल जिजय भएको छ । एनफिल्ड क्लबका फरवार्ड मानेको दुई गोलको सहयोगमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० ले हराएको हो । पहिलो हाफ गोलरहित भएपनि अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सन दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा सीमित बन्यो ।

५०औं मिनेटमा मानेको हेड गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनाएको थियो । त्यसको चार मिनेटपछि उनैले एनफिल्ड क्लबको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयमा लण्डन क्लब चेल्सीले पेनाल्टीको अवसर गुमायो । जोर्गिन्होको प्रहार लिभरपुलका गोलकिपर एलिसनले बचाए । चेल्सीमाथि शानदार जितसहित लिभरपुलले नयाँ सिजन समेत उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

Loading...