2025-12-11 8:26 pm

लिभरपुलले केआरसी जेन्कलाई हरायो, नकआउट चरण नजिक

केआरसी जेन्कलाई २-१ ले पराजित गर्दै साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरण नजिक पुगेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले केआरसी जेन्कलाई २–१ले हरायो । यो जीतसँगै लिभपुरल अघिल्लो चरण नजिक पुगेको हो ।

लिभरपुललाई जित दिलाउन जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले एक एक गोल गरेका थिए । १४ औ मिनेटमा विजनाल्डमको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । पाहुना टोलीका समाटाले ४० औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

५३ औ मिनेटमा चेम्बरलिनले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए । जोर्गेन क्लोप नेतृत्वको लिभरपुल पहिलो खेलमा नापोलीसग पराजित भएको थियो । त्यो नै चालू सिजनमा लिभरपुलले हारेको एक मात्र खेल हो ।

उसले लगातार तीन खेलमा लगातार जित निकाल्दै नकआउट चरण नजिक पुगेको हो । जित सहित समूह ईमा लिभरपुलले शीर्ष स्थानमा पुनरागमन गरेको छ । उसले ४ खेलबाट ९ अंक जोडेको छ । दोस्रो स्थानको नापोलीको ८ अंक छ । जेन्क एक अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad