मकवानपुरको पूर्वी बकैया गाउँपालिका वडा नं. ४ मा रहेको महेन्द्र माविमा भएको प्रथम मैत्रिपूर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बकैया गाउँपालिका प्रथम भएको छ । बकैया गाउँपालिका वडा नंबर ४ को आयोजनामा भएको प्रतियोगितामा बकैया,हरिहरपुरगढी,बागमती गाउँपालिकाका गरि १६ टिमको सहभागिता रहेको थियो ।

१६ टिमलाई हराउँदै बकैया गाउँपालिका टिकाराम राई र दिल कुमार राई प्रथम भएको हो। त्यसैगरि हरिहरपुरगढी गाउँपालिका ९कारसाङ लामा र सुक बहादुर बम्जन० द्धितिय र बागमती गाउँपालिका बिरेन्द्र समाल र कलम पोख्रेल० तृतिय भएको छ । प्रथम, द्धितिय र तृतिय टिमलाई मेडल, प्रमाणपत्र र सहभागि खेलाडिहरुलाई प्रमाण प्रत्र वितरण गरिएको थियो । बकैया गाउँपालिका अध्यक्ष दामोदार खनालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कारसाङ लामा,उपाध्यक्ष अनिता कुमारी राई,बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बकैया ४ का वडा अध्यक्ष राजन दंगालको सभादक्ष्यतामा भएको हो ।