Comments Add Comment

लियोनल मेसी बार्सिलोनामै रहने, स्वारेजले क्लब छाडे

स्पेनीस क्लब बार्सिलोनाका कप्तान लियोनल मेसी बार्सिलोनामै रहने भएका छन् । पछिल्लो समय क्लबसँगको बढ्दो दुरीमा रहेपनि १० दिनपछि मेसीले आफ्नो निर्णय पुनर्बिचार गरेका हुन् । स्पेनीस मिडियाहरुसंग कुराकानी गर्दै मेस्सीले आफु क्याटलन क्लबमै रहने बताएका हुन् । उनले आफु कानुनी झमेलामा फस्न नचाहेकाले क्लब छाड्ने निर्णयबाट पछि हटेको बताएका हुन् । आफूले अनुबन्ध अनुसार विना कुनै मूल्य क्लब छाड्ने मनसाय बनाएपनि क्लबले ७० करोड युरो तिरेपछि मात्र क्लब छाड्न पाउने सर्त राखेको थियो ।

क्लबको व्ययबस्थापक र निर्णयहरुप्रति असन्तुष्ट रहेको बताउँदै उनले कानुनी झमेलमा फस्न नचाहेका कारण क्लबमा रहने निर्णयमा पुगेको स्पष्ट पारेका हुन् । उनले आफू कानुनी रूपमा कमजोर हुन सक्ने बुझेपछि बार्सिलोनामै रहने निर्णय गरेका हुन् । शुक्रबारमात्रै बार्यन म्युनिखबाट फिलिप कोउटिन्हो बार्सिलोना आइसकेका छन् । यसैबीच बार्सिलोनाका स्टार लुइस स्वारेज युभेन्टस जाने भएका छन् । स्वारेजले सिरी ए क्लब युभेन्ट्ससँग सम्झौता समेत गरिसकेका छन् । उनले बिना कुनै मुल्य बार्सिलोनाबाट ईटालियन क्लब जान लागेका हुन् । बार्सिलोनाको प्रशिक्षकमा रोनाल्ड कोम्यान आए लगत्तै स्वारेजलाई आफ्नो टिम योजनामा नभएको बताएका थिए । सन् २०१६ मा स्वारेजले बार्सिलोनासँग चार वर्षको अनुबन्ध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर