2025-12-10 2:27 am

मकवानपुर गोल्डकप : पहिलो हाफको खेल सकिँदा एपिएफ १ गोलले अगाडी

 

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा अहिले सशस्त्र प्रहरीको एपीएफ क्लव र फ्रेण्ड्स क्लवबीच प्रतिष्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिँदासम्म एपिएफ क्लव १–० गोल अन्तरले अगाडी रहेको छ । एपिएफको तर्फबाट नविन लामाले २९ औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको हो ।

शनिबार दिउँसोको भारी बर्षाका कारण स्थगित भएको खेल अहिले भइरहेको हो । यसैगरी आज आइतबार अपरान्ह् भने नेपाल पुलिस क्लव र खुमलटार युवा क्लवबीच खेल हुनेछ । यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगितालाई जिल्लाको १० वटै पालिकाले आर्थिक सहयोग गरेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad