Menu

रुपन्देहीको रोहिणी नदीमा बस खस्यो, ९ जनाको मृत्यु

जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा नदीमा खसेको प्रहरीले बताएको छ । बसमा ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा मृतकको संख्या ९ पुगेपनि उनीहरुको पहिचान भने हुन सकेको छैन । घटनास्थल रोहिणी गाउँपालिका –४ र ओमसतिया गाउँपालिका – ४ को सीमा क्षेत्र हो । तस्बीरमा बस पुलमुनी खसेको देख्न सकिन्छ । बसको अगाडिको भाग पूरै क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार धेरैजसो घाइतेहरुको उद्धार गरेर भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad