काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित बढ्दै गएपछि चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनको समयावधि बढाउने सरकारले तयारी गरेको छ । यसबारे आवश्यक निर्णय गर्न आज (सोमवार) मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

पहिलो चरणको लकडाउन चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्मका लागि दोस्रो पटक समयावधि बढाइएको थियो । अब फेरी लकडाउनको अवधि थप्नेबारे आज अपरान्हको मन्त्रिपरिषद् बैठकले निर्णय लिने प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य विज्ञहरुले लकडाउन कम्तिमा एक हप्ता बढाउन सरकारलाई सुझाव दिएका छन्। कारोना रोकथाम तथा नियन्त्रण समितिले समेत लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको छ ।