Comments Add Comment

मकवानपुरमा एक महिलाको शव फेला

मकवानपुरको बकैया गाउँपालिकामा एक जना महिलाको शव फेला परेको छ । सोमबार गाउँपालिकाको वडा नंबर ७ को हिरामुनीकी ६२ वर्षीया कृष्ण कुमारी लामाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । लामा आफ्नो घरबाट करिब १ किलोमिटर नजिक बारीको झाडिमा घोप्टो परेर मृत अवस्थमा फेला परेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर