Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोभिड प्रतिकार्य समुहद्वारा कोरोना रोकथाम सामाग्री हस्तान्तरण

Company Register

हेटौंडा – आफ्नो गाउँ आफै बनाउ भन्ने अभियान स्वरुप सुरु भएको मकवानपुरगढि वडा नम्बर ३ बासिले कोबिड विरुद्धको अभियानहरु आफनो समुदायमा सन्चालन गरिरहेका छन् । मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहले आज पनि अरु दिनहरुका झै सङ्क्रमण रोकथाम अभियान अन्तर्गत विभिन्न कार्यहरु गरेका छन् ।  समुहले गाउँपालिका बिभिन्न स्थानहरमा खुट्टाले थिचेर स्यान्टाइज गर्ने स्यानिटाइजर र स्ट्यान्ड , थर्मल गन र मास्क हस्तान्तरण गरेको छ ।

Advertisement

प्रतिकार्य समुहले गाउपालिकाका बिभिन्न स्थानहरुमा मानिसहरुको भिडभाड र आवत जावत हुने ठाउमा बिभिन्न सामाग्रिहरु हस्तान्तरण गरेको हो । आज मकवानपुरगढी गाउपालिका गाउँ कार्यपालिकाको कार्यालयमा, देबिडाडामा, श्री मनकामना दुग्ध उत्पादक सहकारी सस्था लि. मा, भानु मा.वि चोक वडा नम्बर ३ मा  र श्री कालिदेवी दुग्ध उत्पादक सहकारी सस्था लि. मकवानपुरगढी ४ मा खुट्टाले थिचेर स्यान्टाइज गर्ने स्यानिटाइजर र स्ट्यान्ड सम्बन्धित ठाउमा हस्तान्तरण गरेको छ । साथै समुहले मास्क  वितरण संगै मास्कको प्रयोग गर्ने तरिका बारे जनचेतना फैलाउने कार्य गरेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...