मकवानपुरगढी गाउँपालिकामा आजबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सुचना जारी गर्दै आज शुक्रबारबाट गाउँपालिकाभर मतदाता नामावली संकलन सुरु गरेको हो । सुचनामा उल्लेख अनुसार मक्राञ्चुलीमा संकलन कार्यालय स्थापना गरेको छ । पालिकाले आज मंसिर १७ शुक्रबारदेखि पुस २ गतेसम्म १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता प्राप्त गरेका नयाँ मतदाता नामावली संकलन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।

गाउँपालिकाको ८ वटै वडालाई समयावधि तोकेर १६ वर्ष उमेर पुगेर नेपाली नागरिकता लिएका तर मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि नाम प्रविष्टी गराउन मतदाता नामवली संकलन कार्य सुरु गरेको छ । मतदाता नामावली संकलनको पहिलो दिन आज वडा नम्बर ३ मा हुने भएको छ । त्यस्तै मंसिर १८ र १९ गते वडा नम्बर ४ मा ,मंसिर २० र २१ गते वडा नम्बर ५ तथा मंसिर २२ र २३ गते वडा नम्बर ६ मा संकलन गरिने भएको छ । त्यस्तै मंसिर २४ र २५ गते वडा नम्बर २, मंसिर २६ र २७ गते वडा नम्बर १ मा, मंसिर २८ र २९ गते वडा नम्बर ७ र पुस १ र २ गते वडा नम्बर ८ मा नामवली संकलन गरिने सुचनामा उल्लेख छ । मतदाता नामवली दर्ता गर्न आउँदा बसाईंसराइ गरी आएको हकमा बसाइसराइको सक्कल र त्यसको फोटोकपी तथा बिबाह गरेको हकमा विबाह दर्ताको प्रमाणपत्र र त्यसको फोटोकपी लिई आउनु पर्नेछ ।