हेटौंडाको राप्ती खोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नंम्बर–१ चौकीटोल स्थित राप्ती खोलामा बुधबार दिउँसो आफ्नै दिदिसँग पौडी खेल्ने क्रममा हेटौंडा–५ लट्टीनाथका १५ वर्षीय बालक समर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै दिदीसँग खोलामा पौडी खेल्ने क्रममा लामालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोलाले बगाएर करिब ७ सय मिटर तल अचेत अवस्थामा फेला पारेको र उपचारको क्रममा हेटौंडा अस्पतालमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।