मकवानपुरमा एक बालिका मृत फेला परेको छ । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नंम्बर –३ स्थित गोठारीमा भुवन सिंह घलानको ३ वर्षीया छोरी भूमिका घलानको मृत अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार बालिका घलान खोलाले बगाएर मृत भेटिएको छ । घट्टमा गएकी आमालाई पछ्याउँदै जाँदा बालिकालाई चुर्लिङ खोलाले बगाएको र मृत अवस्थामा देखेपछि स्थानीय गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।