हेटौंडा नेपाली कांग्रेस जिल्ला अनुशासन समितिले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसको नीति, सिद्धान्त र निष्ठा विपरित पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारको विरुद्धमा लागेका १६ जना नेता तथा क्रियाशील सदस्यहरुलाई कारवाही गरेको छ ।
जिल्ला अनुशासन समितिका संयोजक प्रभात कुमार दाहालले १६ जनालाई पार्टीको साधारण सदस्यनै नरहने गरी कारवाही गरिएको बताएका छन् । अनुशासनहीन गतिविधिमा संलग्न भई अर्कै पार्टीको उम्मेदवार बनेको र उम्मेदवारलाई जिताउन लागेकाले कारवाही गरेको दाहालले बताए । कारवाही पर्नेमा भरत पराजुली, रिता खनाल, रमेश ढकाल, सुजन गोपाली, निराजन बर्तौलालगायत १६ जना रहेका छन् ।