पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले सहित विभिन्न पार्टी परित्याग गरी २५ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा माओवादी केन्द्र मनहरी ५ नम्बर वडा कमिटिको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा मंगलाबार नेकपा एमालेको वडा सदस्य चक्र स्याङतानको नेतृत्वमा २० जना र नेपाली कांग्रेसबाट विष्णु दर्लामीको नेतृत्वमा ५ जना सहित २५ जना माआोवादी केन्द्रमा प्रवेश गरेका हुन।
नव प्रबेशीलाई नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजनक सर्केस घलान ुमधुु र मनहरी गाउँकमिटी अध्यक्ष रामप्रसाद कालाखेतीले फुलमाला र अविर लगाई स्वागत गरेका थिए । नवप्रवेशी स्याङतानले भेलामा बोल्दै, नेकपा एमालेका अध्यक्ष ओलीले माओवादी आन्दोलन र जनआन्दोलनबाट प्राप्त जनताको अधिकारलाई शखाप गरी जनतालाई उखानको टुक्र सुनाएर झुक्याइरहेको र उनिहरुको हकअधिकारबाट बन्चित गरिरहेको भन्दै एमाले परित्याग गरेको बताए । मनहरी ५ नम्बर वडा कमिटी अध्यक्ष गोबिन्दप्रसाद सापकोटाको अध्यक्षतामा भएको भेलामा प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार सोनाम सिङ स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको छ।
त्यस्तै, भेलामा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीरबहादुर घलान (ज्वाला), जिल्ला संयोजक अध्यक्ष सर्केस घलान, जिल्ला समन्वय समिति सदस्य गजाधर सुबेदी, वाइसिएल जिल्ला अध्यक्ष लभराज ठकुरी, मनहरी गाउँकमिटि इन्चार्ज राजकुमार पाख्रीन, अध्यक्ष रामप्रसाद कालाखेती, गाउँ कमिटी सचिवालय सदस्य दिपेन्द्र अधिकारी लगायतको नेताहरुको आतिथ्यता रहेको थियो ।