कालिका माध्यमिक विद्यालय राक्सिराङ्ग,खैराङ्गमा थापाद्वारा प्रशिक्षण

अनलाइन पत्र संवाददाता२०७७-११-२२ No Comments

हेटौडा – मकवानपुरको दुर्गम क्षेत्रमा अवस्थित कालिका माध्यमिक विद्यालय राकसिराङ्ग ९ खैराङ्ग,अठारेमा प्रशिक्षक विवस जंग थापाले विद्यार्थी र शिक्षकहरुलाई एकदिने प्रशिक्षण दिएका छन्।

कार्यक्रममा प्रशिक्षक थापाले शिक्षण सिकाइ क्रियकलाप लगायत विद्यार्थीहरुलाई अफलाइन टुल्सको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको सभाध्यक्षता विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सन्त बहादुर अर्यालले गर्नु भएको थियो भने कार्यक्रमको संयोजन विनोद खत्रीले गर्नु भएको थियो।

Ad
Ad