Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षक संगठन ईन्द्रसरोवरको विस्तारित बैठक सम्पन्न

Company Register

 

नेपाल राष्ट्रिय शिक्षक संगठन ईन्द्रसरोवर कमिटिको विस्तारित बैठक संगठन जिल्ला समिति अध्यक्ष श्रीराम दाहालको प्रमूख आतिथ्यतामा सम्पन्न भएको छ । विस्तारित बैठकको अध्यक्षता ईन्द्रसरोवर कमिटि अध्यक्ष मधुकर कार्कीले गरेका हुन् ।

Advertisement

कार्यक्रमलाई संवोधन गर्दै प्रमूख अतिथी दाहालले  राष्ट्रिय समितिबाट प्राप्त निर्देशन एवम् समसामयिक विषयवस्तुमाथि प्रकाश पार्नुभएको हो । कार्यक्रममा उठेका सवाललाई संक्षिप्त जवाफ दिदै दाहालले संगठनकै पहलमा राहत शिक्षकहरुको सरुवा गर्न सक्षम भएको, विषम परिस्थितीमा पनि संगठनको साखलाई जोगाउन राष्ट्रिय गौरवको काम जिल्ला समिति मकवानपुरले गर्न सक्षम भएको लगायतका विषयमा बोल्नुभएको जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय शिक्षक संगठन महाधिवेशन प्रतिनिधी लक्ष्मी रिमाल शिक्षक संगठन ईन्द्रसरोवर ईन्चार्ज अनिल पराजुली, लेखापरीक्षण समिति सदस्य सविता लामिछाने,  हे६ौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, मकवानपुरगढी अध्यक्ष शीवप्रसाद लामिछाने, शिक्षक महासंग हेटौंडा नगर अध्यक्ष दीपक अधिकारी ईन्द्रसरोवर अध्यक्ष सहदेव रिमाल लगायतको उपस्थिती रहेको थियो । ।

कार्यक्रममा वर्तमान राजनैतिक अस्थिरताले संगठनकाे वास्तविकतामाथि कुनै प्रभाव नपर्ने  बताउँदै उठेका संक्षिप्त जिज्ञासाको पनि समाधान गरिएकाे थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...