मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका बखान सिंह पाख्रिन विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मत गणना अनुसार पाख्रिनले ११७१ मत ल्याई पुनः दोस्रो कार्यकालको लागि  वडाध्यक्षमा विजयी भएको हो ।

उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सन्त बहादुर सिंगार , माओवादी केन्द्रका उम्मेदवार जीत बहादुर लो लाई पराजित गर्दै विजयी भएको हो । पाख्रिनको प्यानल सहित विजयी भएको छ । एमालेका सिंगारले ५९७ र माओवादीका लो ले ३३७ मत प्राप्त गरे ।