नेपाल राष्ट्रिय शिक्षक संगठन राक्सीरङ्ग गाउँपालिकाको दोस्रो पालिका अधिवेशन आज सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष श्रीराम दाहालको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रम राक्सीराङ्ग गाउँपालिका अध्यक्ष श्रीप्रसाद ब्लोनको अध्यक्षतामा सम्पन्न भएको हो ।

शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिका दोस्रो अधिवेशन गर्नेमध्ये मकवानपुर जिल्लाकै दोस्रो पालिका बनेको हो । अधिवेशनले संगठनको विधान अनुसार श्रीप्रसाद ब्लोनकै अध्यक्षतामा नयाँ कमिटिसमेत गठन गरेको छ । कार्यक्रममा बोल्दै प्रमूख अतिथी जिल्ला अध्यक्ष श्रीराम दाहालले भने संगठनको राष्ट्रिय समितिदेखि जिल्ला तह सम्मका सांगठनिक गतिविधीलाई प्रष्ट्याउँदै आगामी कमिटीको लागि अग्रिम शुभकामना समेत ब्यक्त गर्नुभयो । दाहालले मकवानपुर जिल्ला संगठनको मात्र नभई शिक्षक पेशागत आन्दोलनै संगठन र मकवानपुर मातृ जिल्ला तथा संस्था भएकोले यसमा निशन्देह लाग्न पनि सबैमा आग्रह गर्नुभयो । वहाले मकवानपुर जिल्लाले पछिल्लो विषम परिस्थितीमा पनि संगठनले गरेको शिक्षकको पेशागत विकास तालिम र ननिदाएका शिक्षकहरु कार्यक्रमलाई संगठनको राष्ट्रिय समितिले समेत धन्यवाद ज्ञापन गरेको कार्यक्रममा उल्लेख गर्नुभएको जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

कार्यक्रममा संगठन उपाध्यक्ष लक्ष्मी गजुरेल, सचिव पुरुषोत्तम आचार्य, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा वल, सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल, सदस्य सविता लामिछाने, सहकारी अध्यक्ष सीताराम दाहाल, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने लगायतको उपस्थिती रहेको प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो ।