मकवानपुरको भिमफेदी गाउँपालिका वडा नंम्बर १ मा मालवाहक ट्रक खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी १ सानुटारमा फलाम बोकेर काठमाण्डौ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु भएको हो भने २ जना घाईते भएका छन् ।

मृत्यु हुनेको नाम थर र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते २ जनाको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाए । घाईते हुनेमा ट्रक चालक मोरङका सुन्दरहरैचा गाउँपालिका ८ बस्ने ३१ वर्षिय राजन बास्कोटा र सह चालक सोही ठाउ बस्ने २४ बर्षीय सरोज आचार्य रहेको प्रहरीले जनाएको छ ।