हेटौंडामा युवाहरुद्वारा अनलाइन व्यावसाय सुचारु

अनलाइन पत्र संवाददाता२०७६-१२-३० No Comments

हेटौंडा – विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरसको कारण गरिएको लगडाउनले आम उपभोक्ताहरूलाई दैनिक उपभोग्य सामान किन्न असहज परिरहेको अवस्थामा हेटौंडाका युवाहरुले अनलाइन व्यावसाय सुरु गरेका छन् ।अनलाइन मार्फत सामान वुकिङ गरेर घरघरमा सामान पुर्याउनेगरी अनलाइन व्यावसाय सुरु गरिएको हो ।

हेटौंडाका पसलहरु कम समय खुल्ने र खोलिएको पसलमा समेत अत्याधिक भिड भाड हुने हुदा जोखिम पनि उत्तिकै बढने सम्भावनालाई मध्यनजर राख्दै हेटौंडाका व्यवसायिक युवाहरू मिलेर अनलाइन व्यावसाय सुरु गरिएको हो । हेटौंडाका युवा व्यवसायीहरू ध्रुव अधिकारी, राजदेब बानियाँ, बैकुण्ठ लामिछाने लगायत सन्चालकहरुले उपभोक्ताहरूलाई दैनिक उपभोग्य खाध्यान्न सामग्रीहरू, पानि, ग्यास, तरकारी, माछामासु लगायतको सामानहरूको फेसबुक पेज, फोन, म्यासेज, वेवसाईट मार्फत अर्डर गर्न सकिने र लगडाउन पश्चात सेवालाई थप विस्तार गरिने सच्चालक ध्रुव अधिकारीले जानकारी दिनुभयो । १ हजार रुपैयाँ वा सो भन्दा बढीको मागलाई निःशुल्क र सो भन्दा कम अर्डर भएमा ५० रुपैयाँ सेवा शुल्क राखीएको छ ।

स्रोत : janapatra.com

Chat Icon
Ad
Ad