मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रिनले आफुले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेका छन् । वडा अध्यक्ष पाख्रिनले प्रयोग गर्दै आएको ना १ ब ३३०६ नंबरको मोटरसाईकलको चाबी बुधबार मकवानपुरगढी गाँउपालिका २ नम्बर वडाका सचिवलाई बुझाएका हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको क्रममा लागू भएको आचारसंहितालाई ध्यानमा राखेर आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन कार्यालयलाई बुझाएको वडा अध्यक्ष पाख्रिनले बताए । मकवानपुरगढी २ बाट बर्तमान वडा अध्यक्ष पाख्रिन नेपाली काग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार समेत रहेका छन् ।