आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन गर्ने सहमति भएको छ । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरमा गठबन्धन गर्ने सहमति भएको हो । गठबन्धनले हेटौंडा उपमानरपालिकाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसलाई दिने सहमती भएको छ ।

त्यस्तै कांग्रेसको भागमा धरान, इटहरी, कलैया, तुल्सीपुर, बुटवल, नेपालगन्ज, धनगढी उपमहानगरपालिका परेको छ । माओवादी केन्द्रको भागमा जितपुर सिमरा र घोराही तथा जसपाको भागमा जनकपुर उपमहानगरपालिका परेको छ । भागबन्डाको सहमति पत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,समाजवादीका अध्यक्ष माधव नेपाल,जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडलले हस्ताक्षर गरेका छन् ।