काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (सोमबार) बिहान राष्ट्रिय गान बजाउन आमजनतालाई अपिल गरेका छन्।   ग्लोबल कम्प्याक्ट नेपालको आह्वानमा गर्न लागेको उक्त अभियानका क्रममा प्रधानमन्त्री राष्ट्रिय गान बजाउन र गाउन अपिल गरेका हुन्।  ‘ग्लोबल कम्प्याक्ट नेपालको को अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु’, प्रधानमन्त्रीले भनेका छन्। 

ग्लोबल कम्प्याक्ट नेपालले अहिले देशमा कोभिड-१९ को संकट रहेकाले अग्रपंक्तिमा रही अहोरात्र खटिने चिकित्सक, नर्ससहितका अत्यावश्यक काममा होमिएकाको सम्मानमा यस्तो गर्न अपिल गरिसकेको छ। यो संस्थाले संकटको घडीमा परिचालितहरुको स्वागतमा राष्ट्रिय गान बजाएपछि सामूहिकरुपमा ताली बजाउन पनि आग्रह गरेको छ।