नेकपा एमालेले नयाँ पार्टी कार्यालय ललितपुरको च्यासलमा सारेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रकाबीच पार्टी कार्यालयको उदघाटन गरेका हुन् । एमालेले एक वर्षअघि मात्र थापाथलीमा पार्टी केन्द्रीय कार्यालय राखेको थियो। थापाथलीअघि धुम्बाराही स्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा एमालेको केन्द्रीय कार्यालय थियो।