विश्व पृथ्वी दिवसको अवसरमा ‘हरियालि प्रबर्द्धनको लागि युबा परियोजना’ अन्तर्गत राडो नेपाल र रालि इन्टरनेसनल नेपालको आयोजना तथा सनराईज युथ क्लब र डुम्रेकुना टोल बिकास संस्थाको समन्वयमा मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ६ को डुम्रेकुना टोल बिकास क्षेत्रभित्र र संगम टोल बिकासको संस्थाको समन्वयमा ३ नंम्बर वडाको संगम टोल बिकास क्षेत्रभित्र बृक्षारोपण गरिएको छ । वृक्षरोपण कार्यक्रममा वडा नंम्बर ६ का वडाध्यक्ष टिक दाहाल , डुम्रेकुना टोल विकासका अध्यक्ष नर बहादुर स्याङ्तान , क्लवका अन्य पदाधिकारीहरु र स्थानियहरु लगायतको उपस्थिति रहेको थियो ।