Comments Add Comment

बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मकवानपुरको बागमती गाउँपालिका–४, हरामीचोकमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि बस्ने हेटौंडा–६ का ३० वर्षीय आशिष श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उपचारको क्रममा उनको साँझ ७ बजेको समयमा हेटौंडा अस्पतालमा मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा–६, रामनगरका २४ वर्षीय दिनेश दाहाल घाइते भएका छन् । प्रदेश नम्बर ३–०३–००१ प ८८९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर