मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतपरिणाम अनुसार बकैया गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार धर्म लामिछाने र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् । लामिछानेले नेकपा एमालेका उम्मेदवार सरला बोलखेलाई पराजित गर्दै पालिका अध्यक्षमा जित हासिल गरेको हो ।

उपध्यक्षमा खत्रीले एमालेका लाल बहादुर स्याङ्तानलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएको हो । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि यस गाउँपालिकामा कांग्रेस विजयी भएको थियो । २१ हजार ७७१ मत खसेको बकैया प्रमुखमा विजयी भएका कांग्रेसका लामिछानेले ११ हजार २९२ मत प्राप्त गरेका थिए भने एमालेकी बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् । उपमेयरमा निर्वाचित खत्रीले ९ हजार ५२२ मत प्राप्त गरे । एमालेका स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।