Comments Add Comment

एमाले उम्मेद्बारहरुको हेटौंडा ५ मा घरदैलो,एकलाल श्रेष्ठले सञ्चालनमा ल्याए हटलाईन नम्बर

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमाले ले घरदैलो कार्यक्रम जारी राखेको छ । मकवानपुर क्षेत्र नं १ को हेटौंडा उपमहानगरपालिका ५ को विभिन्न टोलमा घर घर पुगेर उम्मेद्बारले मत मागेका छन् । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापा र क्षेत्र नम्बर १ ख का उम्मेद्बार एकालाल श्रेष्ठ गत कात्तिक १७ गतेबाट नै चुनावी सभा र घरदैलोमा मत माग्न ब्यस्त रहनुभएको छ ।

मकवानपुर क्षेत्र नम्बर १ मा बकैया गाउँ पालिका, बागमती गाउँपालिका, मकवानपुर गढी गाउँपालिकाका १,२,३ र ४ नम्बर वडा तथा हेटौंडा उपमहानगरपालिकाको २,४,५,६,७,८,९,१०,१२,१३,१४, १५, १६, १७ र १८ नम्बर वडा पर्छ । त्यस्तै क्षेत्र नम्बर १ ख मा हेटौंडा उपमहानगरपालिकाको २,४,५,६,७,८,९,१०,१२,१३,१४ र १५ नम्बर वडा पर्छ । समानुपातिक उम्मेद्बार भारती पाठक , थापा र श्रेष्ठको संयुक्त उपस्थितिमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको निर्बाचन परिचालन कमिटीले जनाएको छ ।

सोमबार हेटौंडा ५ को सिंचाईकुना, दक्षिणकाली, राईटोल, ढुङ्गेधारा, नवीन टोल, मास्टरचोक, वनदेवि टोललगायत स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो । जनचाहनाअनुसार काम गर्ने उम्मेद्बार कमल थापा र एकालाल श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ । घरदैलो कार्यक्रममा स्थानीयहरुले ढल निकासको समस्या, सडक स्तरीकरण नहुदाको समस्या राखेका थिए । यसैगरी देशको प्रमुख जनशक्ति युवाहरुको बिदेश पलायनलाई रोक्न स्थानीयको माग थियो । यसैगरी मकवानपुर क्षेत्र नम्बर १ ख का उम्मेद्बार एकालाल श्रेष्ठले हटलाईन नम्बर संचालनमा ल्याउनुभएको छ । उहाँले चुनावी अभियानको बारेमा आबश्यक जानकारी, जिज्ञासा, धारणा एवं सल्लाह, सुझाब र गुनासोको लागि ९८५११४८२८८ नम्बर संचालनमा ल्याउनुभएको हो ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै