मनहरी वडा नम्बर ९ को मतगणना कार्य स्थगित भएको छ । मतपेटिकालाई कपडाले नढाकेको बिषयलाई लिएर बिबाद उत्पन्न भएपछी अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताउनु भयो।

९ नंम्बर वडाको एउटा मतपेटि कपडाले नछोपिएको अवस्थमा भेटिएपछि राजनितिक दलका प्रतिनिधिले छोपिएको अवस्थमा हुनु पर्ने भनि विवाद निकाले पछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना कार्यलाई अनिश्चित समय सम्मको लागि स्थागित गरिएको सूचनामा उल्लेख छ । वडा नंम्बर १ देखि ८ सम्मको गणनामा शान्तिपूर्ण तरिकाले सर्बदलिय बैठकमा भएको निर्णय अनुसार मत गणना कार्य सम्पन्न भएको थियो ।