हेटौंडामा सुमो एक आपसमा ठोक्किदा ४ जना घाईते

अनलाइन पत्र संवाददाता२०७६-०७-३० No Comments

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नंबर १ चौकीटोल तिरतिरे धारा नजिक दुई सुमो एक आपसमा ठोक्किदा ४ जना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडा आउँदै ना १ ज २०९४ नम्बरको सुमो र विपरित दिशाबाट गईरहेको ना १ ज ६४१३ नम्बरको सुमो एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेमा १ बालक र ३ पुरुष रहेको बताईएको छ । घाइतेहरुलाई हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Ad
Ad