2025-12-05 9:16 pm

हेटौँडाको राप्तिखोलामा शव भेटियो

हेटौँडा – हेटौँडाको कुष्माण्ड सरोबर त्रिवेणीधामनजिक राप्तिखोलामा एकजनाको शव भेटिएको छ । अन्दाजी ४०/४५ बर्षका पुरुषको शव शनिबार साँझ खोजामा भेटिएको हो । 
खोलामा ढुंगामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । मृतको पहिचान खुलेको छैन । घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको टोली पुगेको छ । 
शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याईने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad