निबृत्त शिक्षक समाज जिल्ला समिति मकवानपुरको हेटौंडा नगरभेला सम्पन्न

अनलाइन पत्र संवाददाता२०७७-०९-११ No Comments

तस्वीर : सुनिल गौतम

नेपाल निबृत्त समाज जिल्ला समिति मकवानपुरको आयोजनामा हेटौंडा नगरस्तरिय कमिटी गठन तथा अन्तर्क्रिया आज सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका उपसंयोजक भगवती पुडासैनीको प्रमूख आतिथ्यता एवम् शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला समिति अध्यक्ष श्रीराम दाहालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समाजका जिल्ला सचिव अभिमन्यू गौतमले समाजको भावी रणनीति तथा अहिलेसम्म भएगरेका कार्यकहरुको संक्षिप्त कार्यपत्र प्रस्तुती प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा प्रमूख अतिथी पुडासैनीले निबृत्त शिक्षकहरुको अनुभव तथा शिक्षा क्षेत्रमा वहाहरुले गरेको लगानीको उचित सम्मान हुनुपर्ने बताउनुभयो । वहाले आफ्नो क्षेत्रबाट सम्मानित गुरुहरुको बाँकि उर्जाशील समयको सदुपयोगका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

विशेष अतिथी शिक्षक संगठन जिल्ला समिति मकवानपुर अध्यक्ष श्रीराम दाहालले निजामती कर्मचारी र शिक्षकहरुमा राज्यले गरेको विभेद अन्त्य गर्नुपर्ने बताउँनुभयो । निबृत्त भएपछि पनि निजामतीलाई राज्यले बिभिन्न आयोगहरुमा पठाउने तर समान माध्यामिक तहको प्रथम श्रेणीको शिक्षक भएपनि शिक्षकहरुलाई चाहिँ निष्कृय जीवन बिताउन राज्यले नै बाध्य पारेको आरोप लगाउनुभयो । उहाँले आफ्नो पेशागत संगठन यसका बिरुद्ध खुलेर लागिपर्ने पनि बताउनुभयो । यता विशेष अतिथी जीधराज ढकालले भने निबृत्त शिक्षकहरुको पनि उमेर हद अनुसार पाउने पेन्सन सुविधामा थप गर्दै लैजानुपर्नेमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । कार्यरतलाई महङ्गी भत्ता सरकारले उपलब्ध गराईरहँदा त्यही पेशाबाट निबृत्त हुनेहरुलाई उपलब्ध नगराउनु सरकारको लज्जास्पद कदम रहेको समेत ढकालले वताउनुभयो ।

निबृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष शीबदयाल यादवको अध्यक्षतामा सम्पन्न भेलाले सिताराम दाहालको संयोकत्वमा ७ सदस्सीय निबृत्त शिक्षक समाज हेटौंडा उपमहानगर कमिटि समेत चयन गरेको छ । उपसंयोजकमा रोमबहादुर न्यौपाने राधादेवी शर्मा र सचिवमा कृष्ण पोखरेल सह सचिवमा दुर्गा प्रसाद कोइराला कोषाध्यक्षमा होमनाथ गौतम सदस्यमा रामप्रसाद यादव सर्वसम्मत चयन भएको समाजका जिल्ला सचिव अभिमन्यू गौतमले बताउनुभयो ।

जिल्ला सदस्य इन्द्र प्रसाद सञ्जेलले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष ओम चौलागाईले भावी आर्थिक रणनिति प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा सल्लाहकार बिशाल शर्मा बिडारी, अरुण खतिवडा बकैया संयोजक रामचन्द्र लामिछाने, भीमफेदी पालिका संयोक केशव पुडासैनी, मकवानपुर गढी संयोक शम्भू प्रसाद हुमगाई, हेटौंडा नगर संयोजक सिताराम दाहाल लगायतकाले मन्तब्य ब्यत्क गर्नुभएको थियो ।

Ad
Ad