हेटौडा–५ शान्तिनगर टोल विकास संस्थाको सातौं वार्षिक साधारण सभा तथा पिकनिक कार्यक्रम सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका वडा नंम्बर ७ न्युरेनीमा रहेको सानो पशुपतिनाथ पिकनिक क्षेत्रमा हेटौडा– ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष देवी बहादुर बुढाथोकी , शान्तिनगर जनप्रबाह क्लबका अध्यक्ष एवम् पिकनिक संयोजक हरी कुवँरको आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

कार्यक्रम शान्तिनगर टोलबिकास संस्थाको मूल आयोजनमा र जनप्रबाह क्लवले व्यवस्थापन गरेको थियो । शान्तिनगर टोल बासी बीच एकताको भावनाको विकास गर्न , समाजमा थपिएका नयाँ सदस्यहरू र पुराना बासिन्दाहरुबीच परिचयात्मक कार्यक्रमको लागि पिकनिक कार्यक्रमको पनि आयोजना गरिएको कार्यक्रम संयोजक कुंवरले बताए । उक्त कार्यक्रममा संस्थाको उत्कृष्ठ बचतकर्ता , शान्तिनगर समाजमा रही बिशेष योगदान दिने , समाजको अनुशासित विद्यार्थी र एस ई ई मा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा जनप्रवाह क्लवको आन्तरिक अर्धवार्षिक प्रतिवेदन क्लबका कोषाध्यक्ष राजु कुंवरले गरेका थिए।