मकवानपुरगढी वडा नंम्बर ५ को १००० मत गणना गर्दा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिपेश दाहालले आफ्नो अग्रता कायमै राखेको छ । उनले ५२८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार जीत बहादुर घिमिरेले ३३२ र माओवादीका उम्मेदवार अर्जुन प्रसाद तिमलसिनाले ९३ मत प्राप्त गरेका छन् । त्यस्तै गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारले ४७६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले ४४७ मत प्राप्त गरेका छन् । पालिकाको उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले ४३० र एमालेका उम्मेदवारले ३५३ मत प्राप्त गरेका छन् ।