मकवानपुरगढी–५ का दुई युवा व्यवसायी तथा समाजसेवी चन्द्र बन्जरा र विक्रम घिमिरले आफ्नो बैबाहिक सम्बन्ध वर्षगाँठको अवसरमा विद्यार्थीलाई जाडोयामको न्यानो कपडा सहयोग गरी मनाइएको छ । पछिल्लो समय बिवाह बर्षगाँठ मनाउने चलन भड्किलो बन्दैगईरहदा बन्जरा र घिमिरेले जाडो समयमा सानासाना बालबालिकाहरु चिसोबाट सुरक्षित होस् भन्ने हेतुले आफुहरुले न्यानो कपडा सहयोग गरेको बताएका छन् ।
बिहिबार मकवानपुरगढी–५ को माथिल्लो भेगमा रहेको दुई विद्यालयमा उनिहरुको जोडी नै पुगेर न्यानो कपडा (स्वेटर) सहयोग गरेको हो । वडाको देउरालीमा रहेको उज्ज्वल प्राथमिक विद्यालय र सोही वडाको लिङ्गेडाँडामा रहेको ज्योती प्राथमिक विद्यालयमा अध्ययनरत ईसिईडी कक्षादेखि ३ सम्मका सानासाना विद्यार्थी बालबालिकालाई न्यानो कपडा सहयोग गरेको हो । दुई विद्यालयमा अध्ययन गर्ने करिब ७० जना विद्यार्थीहरुलाई सहयोग गरेको हो ।
न्यानो कपडा सहयोग कार्यक्रममा ज्योति प्राथमिक विद्यालयका अध्यक्ष एंव ५ नंम्बर वडाका वडासदस्य शुकुराम थिङ र सोही वडाका वडासदस्य अर्जुन बहादुर रुम्बा तामाङ, ज्याति प्राथामिक विद्यालयका प्रध्यानध्यापक ओमनाथ घिमिर,उज्वलका प्रधानाध्यापक मन्दिरा घिमिरे र अन्य शिक्षक शिक्षिका तथा अभिभावकहरु लगायतकाको उपस्थिति रहेको थियो ।