मकवानपुरको बकैया गाउँपालिकामा एक युवकको हत्या भएको छ । हत्या गर्ने फरार रहेको र प्रहरीले खोजी कार्य गरिरहेको जनाएको छ । बकैया गाउँपालिका वडा नम्बर–४ नयाँ दमारस्थित सिमात खोला किनारमा स्थानीय २० बर्षीय विकास वाईवाको हत्या भएको मकवानपुर प्रहरीले जनाएको छ । शवको टाउको र शरीर छुटिएको अवस्थामा रहेको स्थानीयले वताएका छन् ।