सुशासन र समृद्धिका लागि संचार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी फाउन्डेसनको आयोजनामा भएको कार्यक्रम सम्पन्न भएको हो । फाउन्डेसनका केन्द्रिय सदस्य एबम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीका सिद्धान्त अनुसार राजनीति अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै फाउन्डेसनको जगमा उभिएर धेरै कहाँ कहाँ पुगेको भन्दै उनीहरु अहिले स्वार्थमा लागेको बताउनुभयो । उहाँले विभिन्न बिकासका कामहरू फाउन्डेसनमार्फत गर्न सकिने पनि उहाँले बताउनुभयो । सूचना र प्रविधिको युग भएका कारण पनि सुशासन र समृद्धिमा सञ्चारको योगदान हुने उहाँको भनाई थियो । फाउन्डेसनका केन्द्रिय सचिव पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका नेकपा केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एबम फाउन्डेसनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एबम सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रामशरण प्याकुरेल र फाउन्डेसनका बागमती प्रदेश अध्यक्ष दीपक निरौलाले सहजीकरण गर्नुभएको थियो ।