रौतहटमा एक पुजारीको गोली हानी हत्या गरिएको छ। बुधबार राति रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा करिब साढे ९ बजे अज्ञात ब्यक्तिले गोली हानी उनको हत्या गरेको रौतहटका प्रहरीले जानकारी दिएका छन् । प्रहरी घटनास्थल पुगि अनुसन्धानमा जुटेको छ ।