Comments Add Comment

गणेश भगवानको दर्शन गर्दै ! हेर्नुहोस् ,२०७७ भदौ ०४ गतेको तपाइको आजको राशिफल

बि.सं. २०७७ भदौ ०४ गते बिहीवार । इ.सं. 20 August 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० गुँलाथ्व । प्रमादीदक्षिणायनवर्षा ऋृतुभाद्र शुक्लपक्षतिथि प्रतिपदा ०६:२५ बजेदेखि द्वितीया , २८:२३ बजे उप्रान्त चतुर्थी। नक्षत्र पूर्वफाल्गुनी , २६:४७ बजे उप्रान्त उत्तरफाल्गुनी। योग शिव , २१:०९ बजे उप्रान्त सिद्ध। करण वव ०६:२५ बजेदेखि वालव , २८:२३ बजे उप्रान्त वणिज। चन्द्रराशि सिंह । आनन्दादी योग गद। दिनमान ३२ घडी २५ पला । सूर्योदय ०५:३७ बजे । सूर्यास्त बेलुका १८:३५

चन्द्रोदय। गुँलाधर्म समाप्ति। तीजको दर खाने दिवस।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन मन कर्म बचनले खुलेरै सामाजिक सेवा गर्ने अवसर प्राप्त होला, राज्यपक्षको सहयोगले कुनै बिशिस्ट कार्यहरू समापन होलान्, आजको दिन बिष्णु भगवानलाई आराधना गरे अझ राम्रो होला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन केहि मात्रामा अनुकुल छ, धनार्जन हुने तथा ईज्जत प्रतिष्ठामा वृद्धि होला, वैदेशिक रोजगारका अवसरहरु प्राप्त होलान्, तर मध्याह्न पछी टाउको तथा कानमा समस्या आउनसक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन तपाईंलाई दण्डजरिवाना हुनसक्छ,चोटपटकको भय रहेकोले साधनबाहन चलाउदा विशेष ध्यान दिनुहोला, बिरोधि तत्वहरु पनि सक्रिय होलान्, मनमा अशान्ति छाउला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन शरीर स्वस्थ्य तथा तन्दुरुस्त रहला, तपाईंको बल तथा बुद्धिको चारैतिर प्रशंसा होला, ईज्जत मान तथा प्रतिष्ठामा वृद्धि होला, धैर्यता तथा साहसले नयाँ कार्यहरू बन्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन मिष्ठान भोजन तथा रमाइलो भेटघाटमा सहभागी भईएला, चल तथा अचल सम्पत्तिमा वृद्धि होला , व्यापार तथा व्यवसायमा सफलता मिल्नेछ, आजको दिन समग्रमा राम्रो छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन धैर्यता तथा साहसले बिग्रेका कार्यहरू सप्पन्न हुनेछन् ,दाजुभाइ तथा ईष्टमित्रको साथ र सहयोग पाईनेछ,आजको दिन तपाईं महत्वाकांक्षी हुनुहुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाईंलाई आजको दिन विभिन्न प्रकारका निर्माण कार्यहरू गर्ने अवसर आउला, परोपकारको भावना आउनाले सबैको प्यारो भईएला, कुनै फुलबारी तथा रमणीय स्थानको यात्रा होला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शैक्षिक तथा साहित्यिक लेखनमा रुचि बढ्ला, सन्तानको प्रगतिले मन हर्षित रहला, कुनै पनि प्रकारका ज्ञान, योग तथा चिकित्सा सम्बन्धि कार्यक्रममा सहभागी भईएला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
गुप्त रोगले सताउन सक्छ, शत्रुहरु कमजोर होलान् ,रोग तथा दुर्वेसनमा परिएला, होशियार रहनुहोला, शत्रु पक्ष कमजोर भएपनि सक्रिय हुने हुँदा होशियार रहनुहोला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आजको दिन बिवाह ,भोजभतेर तथा सभा समारोहमा सहभागी भईएला पत्नी तथा स्त्रीहरुको सहयोगले मनोरञ्जन होला, प्रेमको क्षेत्र आज बलवान् देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन तपाईंलाई खुट्टा तथा छालामा समस्या आउनसक्छ, रोग व्याधी तथा मानसिक चिन्ताले सताउँला, आकस्मिक धन लाभ पनि हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा शिथिलता तथा हृदयमा उदारता आउला, दान तथा धर्ममा रुचिहोला कुनै पनि स्थानको तिर्थयात्रा तथा शुभकार्यका लागि यात्रा होला, आज विशेष प्रकारको ज्ञान प्राप्त हुने समय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर