Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौंडामा शहिद स्मृति मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै

मकवानपुरका स्थानीय सरकारको सहयोगमा प्रतियोगिता हुँदै

Company Register

मकवानपुरमा स्थानिय तह शहिद स्मृति मकवानपुर गोल्डकप राष्ट्रिय फुटबलको तेस्रो संस्करण हुने भएको छ । मकवानपुरका स्थानीय सरकारको सहयोगमा प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही फागुन २७ गते देखि चैत ७ गते सम्म हुने भएको हो । मकवानपुर जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मोलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो ।

Advertisement

२०६२–६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको तेश्रो संस्करण फागुन २७ बाट चैत्र ७ गतेसम्म सञ्चालन हुने भएको छ । स्थानीय तहको सहयोगबाट प्रतियोगिता सञ्चालनको तयारी थालेको मकवानपुर फुटबल संघले यस वर्षबाट खेललाई ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरेको प्रतियोगिताका संयोजक प्रताप बिष्टले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालका ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहने आयोजकले जानकारी दिए । प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नंम्बर–१० मा रहेको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुनेछ ।

प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ लाख सहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडी नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कृत गरिने भएको छ। जिल्लाका १० वटै स्थानीय सरकारको आर्थिक सहयोगमा हुने प्रतियोगिताको अनुमानित लागत ९४ लाख ४० हजार ५ सय रहेको प्रतियोगिताका संयोजक बिष्टले जानकारी दिनुभयो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...