फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणमामा कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ । कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन् । उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने नदेखिएको बताइएको छ । एम्बाप्पेमा कोरोना पुष्टि भएसँगै अब नेसन्स लिगका बाँकी खेल गुमाउने भएका छन् । उनले यसअघि शनिबार स्वीडेनविरुद्धको खेलमा निर्णायक गोल गरेर फ्रान्सलाई जिताएका थिए ।