रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए । यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये ती सोमबार रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए ।

रथयात्रामा झडप गर्ने २० जनालाई प्रहरीले पक्राउ गरेका थिए । १७ जनालाई मुद्दा चलाइएकोमा छ जनामा कोरोना पोजेटिभ र एकमा मानसिक समस्या देखिएकाले सोमबार उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका परिसर प्रवक्ता तामाङले बताए । यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ ।