Comments Add Comment

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट सोमबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव सोमबार दिउँसो भेटिएको हो। उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर