यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

केन्द्रीय कार्यकारिणी सदस्य पदमा मकवानपुरका अरुणराज सुमार्गी विजयी


नेपाल उद्योग वाणिज्य महासंघको शनिबार भएको चुनावको मतगणना सकिएको छ । जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा अरुणराज सुमार्गी विजयी भएका छन् । मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै खुल्ला तर्फ कार्यकारिणी सदस्य पदमा अरुणराज सुमार्गी विजयी भएका हुन् ।

Advertisement
केन्द्रीय सदस्यमा मकवानपुर जिल्लाबाट उम्मेदवारी दिएका सुमार्गी १८ जनाको सिटमा ७ औँ नम्बरमा विजयी भएको हो । सुमार्गीले १०५ मत मध्ये ६६ मत प्राप्त गर्दै ७ औँ नम्बरमा रहेर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका सुमार्गी यसअघि पनि महासंघको केन्द्रीय समिति सदस्य समेत रहेका थिए ।