काठमाडौं – सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार २ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएको छ । 

यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको थियो ।