काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाले बढेर तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० रुपैयामा कारोबार भइरहेको छ । 

त्यस्तै  आज चाँदीको मूल्य तोलाको १३ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।