यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

क्यासवे मनी ट्रान्सफर एनसीएचएलमा आबद्ध


काठमाडौं – क्यासवे मनी ट्रान्सफर नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध भएको छ । कम्पनी नेसनल पेमेन्टस् इन्टरफेस (एनपीआई) प्रयोग गरी रेमिट्यान्स कारोबार सीधै लाभग्राहीको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यका रुपमा आबद्ध भएको छ ।

Advertisement
यससँगै क्यासवे मनीको कम मूल्यका रेमिट्यान्स भुक्तानी कारोबार कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमार्फत रियल टाइममा र अन्य रेमिट्यान्स भुक्तानी अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल-आईपीएसमार्फत तोकिएको समय सीमामा गर्न सकिन्छ ।
क्यासवे मनी ट्रान्सफर नेपालभर रेमिट्यान्स नेटवर्कमार्फत रेमिट्यान्स सुविधा दिँदै आएको कम्पनी हो । नेपालका बैंकिङ तथा रेमिट्यान्स क्षेत्रका विज्ञहरुले स्थापना गरेको कम्पनीले विदेशमा रहेका नेपालीलाई सस्तो र भरपर्दो रुपमा नेपालमा पैसा पठाउने सेवा दिँदै आएको छ ।