काठमाडौं– आत्महत्यालाई थिम बनाएर प्रस्तुत गरिएको नयाँ गीत ‘ज्यानै फाल्नु पहिले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वसन्त लम्सालले उक्त गीतलाई संगीतबद्ध गरेका हुन् भने शब्द पनि उनैले रचना गरेका हुन् । उक्त गीतमा किरण कँडेलको संगीत संयोजन रहेको छ। गीतमा संगीतकार हरि लम्सालको स्वर सुन्न सकिन्छ ।

मार्मिक शैलीको उक्त गीतको म्युजिक भिडियोमा महानायक राजेश हमाल, अभिनेत्री रीमा विश्वकर्माको साथमा बालकलाकार श्रीवानी थापाले अभिनय गरेका छन् । बुद्ध थापाद्वारा छायांकन गरेको उक्त भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।