Comments Add Comment

कोरोनाविरुद्धको कोषमा बसन्त चौधरीले एक करोड सहयोग प्रदान गर्ने

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)विरुद्धको प्रयासका लागि सरकारले खडा गरेको कोषमा उद्योगपति तथा व्यवसायीहरुले सहयोगको घोषणा गर्न थालेका छन् ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोना संक्रमण विरुद्ध ५० करोडको कोष स्थापना गर्ने निर्णय गरेलगत्तै व्यवसायी बसन्त चौधरीले एक करोड बराबरको सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

सामाजिक संजाल ट्वीटरमार्फत् उहाँले नर्भिक तथा बसन्त चौधरी फाउन्डेसन मार्फत कोरोना कोषमा एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

सो कोषमा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णयसहित सबैको सहयोगका लागि अपिल गरिएको छ । सोही अन्तर्गत व्यवसायी चौधरीले फाउन्डेसनका तर्फबाट ५० लाख नगद र थप ५० लाख बराबरको अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

विश्वभर कोरोनाविरुद्धको अभियानका लागि व्यवसायीहरुले आफ्नो तर्फबाट सहयोगको घोषणा गरेको भए पनि नेपालका अधिकांश व्यवसायी भने यसमा अग्रसर देखिएका छैनन् ।

केही दिनअघि चिनियाँ व्यावसायी तथा अलिबाबा समूहको संथापक तथा कार्यकारी अध्यक्ष ज्याकमा ले नेपालसहित विश्वलाई कोरोनाविरुद्ध लड्न सहयोग गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर