
नेपाल जेसिजको वर्ष २०२२ को अध्यक्षमा लालमणि भण्डारी निर्वाचित भएका छन्। दाङ त्रिभुवननगरका भण्डारी पोखरामा सम्पन्न ४८औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा विजयी भएका हुन्। जेसिजको नेतृत्व लिन पाँच जना प्रतिस्पर्धी थिए। अन्य ४ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनी आगामी कार्यकाल लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
भण्डारीले ३६५ मत प्राप्त गरे भने उनका निकटमत प्रतिस्पर्धी सेन विकास मानन्धरले २४९ मत प्राप्त गरे। गोकुल सापकोटाले ३००, श्यामसुन्दर पौडेलले २९८ र शिवप्रसाद भुषालले ४६ मत प्राप्त गरे। नयाँ कार्यकालका लागि उपाध्यक्षहरूमा कुमार सिंह सावाँ लिम्बु, जीवन कार्की, मनोजकुमार साह, नेत्रलाल भट्टराई, रश्मी बस्नेत, नरेशचन्द्र ओझा, रामप्रसाद पाण्डे, योगीराज अधिकारी, सन्दीप अग्रहरी, कृष्ण श्रेष्ठ, राजिव प्रसाई र जीवन श्रेष्ठ बिजयी भएका छन्। जेसिजमा १२ जना उपाध्यक्ष रहने ब्यवस्था छ। पुस १ गतेदेखि पोखरामा भएको जेसिजको राष्ट्रिय महाधिवेसन नयाँ नेतृत्व चयन गरेर सकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




